७६ वर्षीय ज्ञानेन्द्रलाई सुर्य थापाको जवाफ : वृद्धभत्ता खाएर चुपचाप बस

  • मिसन संवाददाता
  • शुक्रबार, पुस २०, २०८० १२:0८
७६ वर्षीय ज्ञानेन्द्रलाई सुर्य थापाको जवाफ : वृद्धभत्ता खाएर चुपचाप बस

नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वृद्धभत्ता खाएर चुपचाप बस्न आग्रह गरेका छन् ।

शुक्रबार बुटवलमा नेकपा एमाले गुल्मी–रुपन्देही सम्पर्क मंचको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले धेरै चलखेल गरे पुराना सबै कर्तुत जनसमक्ष ल्याउने चेतावनी दिएका छन् ।

‘७६ वर्षीय उमेरमा चुपचाप वृद्धभत्ता खाएर बस, चलखेल गरे तिम्रा कर्तुत जनसमक्ष ल्याउन नपारोस्, छोराको त्यो हालत छ, नातीलाई अघि सारेर राजतन्त्र ल्याउने सपना नदेखे हुन्छ, नेपाली जनताले त्यो विषय अस्वीकार गरिसकेको विषय हो’ थापाले भने –‘राजसंस्था फर्काउन संभव छैन, यो विषयमा अनेक विषय जोडेर ताहुरमाहुर नगरेहुन्छ, नेपाली जनता धेरै सचेत भइसकेका छन् ।’

  • मिसन संवाददाता
  • -