स्वदेश फर्किए भारतीय विदेशमन्त्री डा. एस जयशंकर

  • मिसन संवाददाता
  • शुक्रबार, पुस २०, २०८० १४:४१
स्वदेश फर्किए भारतीय विदेशमन्त्री डा. एस जयशंकर

दुईदिने नेपालको भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकर स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले बिदाई गरिन् ।

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी बिहीबार काठमाडौं उत्रिएका थिए । बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा हुनाका साथै बैठकपश्चात्, भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच विभिन्न महत्वपूर्ण सहमतिपत्र/समझदारीपत्रको आदानप्रदान भएको थियो ।

भ्रमणका क्रममा विदेशमन्त्री जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा यहाँका उच्च राजनीतिक नेतृत्वसँग छुट्टाछट्टै भेटवार्ता गरेका थिए ।

  • मिसन संवाददाता
  • -