ओलीले रवि भेटेपछि एमालेको सचिवालय बैठक सुरु

  • मिसन संवाददाता
  • शुक्रबार, पुस २०, २०८० १५:0२
ओलीले रवि भेटेपछि एमालेको सचिवालय बैठक सुरु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा भएको भेटघाटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा सामान्य छलफल भएको रास्वपा उपसभापति डीपी अर्यालले बताए ।

रवि बालकोटबाट करिब एक घण्टाको छलफलपछि फर्किएका छन् । राष्ट्रियसभामा एमालेलाई समेट्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावले गठबन्धन दलमा असन्तुष्टि बढेको बेलामा दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ । ओलीले आजै पार्टीको सचिवालय बैठक पनि राखेका छन् ।

ओलीले रवि भेटेपछि नेकपा एमालेले सचिवालय बैठक सुरू भएको छ । पार्टी मुख्यालयमा जारी बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन, सत्ता गठबन्धनसँग भएको छलफललगायतका विषय प्रमुख एजेण्डा छ ।

राष्ट्रियसभामा एमालेले गठबन्धनसँग ६ सीटको प्रस्ताव गरेको छ । टीआरसी विधेयकमा अड्को थापेर राष्ट्रियसभामा एमालेले सीट मागेको गठबन्धनका नेताले बताउँदै आएका छन् । गठबन्धनले भने पहिले समितिबाट पारित गर्नुपर्ने शर्त अघि सारेको छ ।

सचिवालयमा, ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा पनि छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

  • मिसन संवाददाता
  • -