प्रहरीलाई ध्यान र योगा गृहमन्त्री र आईजीपीको पहल

  • मिसन संवाददाता
  • शनिबार, पुस २१, २०८० ११:0१
प्रहरीलाई ध्यान र योगा गृहमन्त्री र आईजीपीको पहल

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा ‘ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशाला’ सुरु भएको छ। प्रहरी सङ्गठनसहित गृह मन्त्रालय मातहतका निकायमा योगाभ्यास, प्राणायाम र उर्जाध्यानको संस्कृति स्थापित गर्ने अभियान अन्तर्गत नै यो कार्यशाला सुरु भएको हो। कार्यशालामा प्रशिक्षक रमेश नेपालले दुईसय भन्दा बढी प्रहरीलाई योगाभ्यास सिकाउनेछन्।

शनिबार दिनभरी चल्ने कार्यशालाको उद्घाटन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरे । त्यस क्रममा उनले ध्यानलाई धर्मसँग होइन विज्ञानसँग जोडेर हेर्नुपर्ने, स्वजागरणका रूपमा हेर्नुपर्ने र आफूलाई चिन्न, बदल्न, असल बन्न तथा स्वच्छ बन्न यो आवश्यक हुने बताए । पूर्वीय सभ्यताको रूपमा स्थापित ध्यानलाई हाल पश्चिमाले समेत अनुसरण गर्न थालेको उनले बताए ।

प्रतिष्ठानका प्रमुख एवम् एआइजी सन्दीप भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यशालामा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर सहितका प्रहरी अधिकारीहरूको सहभागिता छ।

  • मिसन संवाददाता
  • -