भिजिट भिसामा रसिया पठाएर आर्मीमा भर्ती गराउने २ ठग पक्राउ

  • मिसन संवाददाता
  • शनिबार, पुस २१, २०८० १२:१९
भिजिट भिसामा रसिया पठाएर आर्मीमा भर्ती गराउने २ ठग पक्राउ

नक्कली कागजातको आधारमा सेटिङमा भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालयले थप दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा अलस्का ट्राभल्सका सञ्चालक अर्जुन सुनार र शेरबहादुर राई छन्। उनीहरुले रसियामा आकर्षक तलव हुन्छ भन्दै जानका लागि ६ लाख रुपैयाँ लाग्ने बताएका थिए। रसिया पुगेपछि रिसिभ गर्ने व्यक्तिले ८ सय डलर थप लिने र रसियन आर्मीमा जबरजस्ती भर्ती गराउने गरेको पाइएको प्रहरीले जनाएको छ।

रसिया पुगेपछि आर्मी बन्नुपर्ने बताएपछि आर्मीमा भर्ती नभई नेपाल फर्केर आएका व्यक्तिले उनीहरुविरुद्ध उजुरी दिएका थिए। त्यसपछि अनुसन्धान गर्ने क्रममा उनीहरुले नक्कल कागजात बनाएर रसिया पठाउने गरेको खुलेको पाइएको प्रहरीले जनाएको छ।

  • मिसन संवाददाता
  • -