एक टिपर गाँजा लिएर हिड्ने राई पक्राउ

  • मिसन संवाददाता
  • शनिबार, पुस २१, २०८० १५:१३
एक टिपर गाँजा लिएर हिड्ने राई पक्राउ

सप्तरी प्रहरीले १० क्विन्टल ६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार विहान पत्रकार सम्मेलन गर्दै गाँजासहित पक्राउ परेका चालक विशेष राईलाई सार्वजनिक गरेको हो । प्रहरीले चालक राईको साथबाट एक लाख रुपैयाँ नगद समेत बरामद गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कल्याणपुरको संयुक्त टोलीले कल्याणपुर चौकमा सवारीसाधन चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार धनकुटाको सहिदभुमि नगरपालिका-४ का बिशेष राईले चलाएर ल्याएको को १ ख ५८३१ नम्बरको टिपरमा लोड रहेको बालुवाभित्र २८ वटा बोरामा पोका पारी राखिएको एक हजार ६ किलो गाँजा नियन्त्रणमा लिएको हो ।

  • मिसन संवाददाता
  • -