राष्ट्रियसभा सदस्यको भाग लाग्दै : कुन प्रदेशमा कति खाली ?

  • मिसन संवाददाता
  • शनिबार, पुस २१, २०८० १७:४३
राष्ट्रियसभा सदस्यको भाग लाग्दै : कुन प्रदेशमा कति खाली ?

सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका दलहरूबीच राष्ट्रियसभा उम्मेदवार तय गर्न र सिट बाँडफाँड गर्न बैठक सुरु भएको हो ।

शनिबार बिहान पनि चार दलबीच बैठक बसेको थियो । अहिले सुरुमा चार दलले बैठक सुरु गरेका थिए । पछि अन्य दलहरू थपिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी मुख्य निर्णायक भूमिकामा छन् । यसबाहेक सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पनि छन् ।

कुन प्रदेशबाट कति सिट खाली ?

कोशी प्रदेशबाट कांग्रेस रमेशजंग रायमाझी, एमाले मनोनित सांसद विमला पौड्याल राई र माओवादीका बिना पोखरेलको पदावधि सकिँदैछ । यो प्रदेशमा २ जनाको निर्वाचन हुनेछ ।

बागमतीमा एमालेका दिलकुमारी रावल र रामचन्द्र राईको पदावधि सकिँदैछ । एकीकृत समाजवादीका बागमतीबाट सिंगबहादुर विश्वकर्मा पनि मुक्त हुँदैछन् । बागमती प्रदेशबाट निर्वाचित स्वतन्त्र सदस्य खिमलाल देवकोटाको पनि पदावधि सकिँदै छ । यो प्रदेशमा ४ पदका लागि निर्वाचन हुनेछ ।

मधेसबाट जसपाकी प्रमिला कुमारी र कांग्रेसका जितेन्द्रनारायण देवको पदावधि सकिँदैछ । यो प्रदेशबाट २ पदका लागि निर्वाचन हुनेछ ।

त्यस्तै, गण्डकी प्रदेशबाट एमालेका गणेश तिमिल्सेना र दीपा गुरुङको सकिँदै छ भने कांग्रेसका प्रकाश पन्थको पदावधि सकिँदैछ । गण्डकीबाट ३ सिटका लागि निर्वाचन हुनेछ ।

लुम्बिनीबाट कांग्रेसकी अनिता देवकोटा र एमालेका कुमार दसौदीको पदावधि सकिँदै छ । यो प्रदेशबाट २ पदका लागि निर्वाचन हुने छ ।

कर्णाली प्रदेशबाट एमालेका नरपति लुवार र भैरवसुन्दर श्रेष्ठ र एकीकृत समाजवादीका नन्दा चापागाईको पदावधि सकिँदैछ । कर्णालीबाट ३ पदका लागि निर्वाचन हुनेछ ।

त्यस्तै, सुदूरपश्चिमबाट माओवादीका हरिराम चौधरी, महेशकुमार महरा र एमालेका इन्दु कडरिया पनि विदा हुँदै छन् । यो प्रदेशबाट राष्ट्रिय सभामा ३ पदका लागि निर्वाचन हुनेछ ।

  • मिसन संवाददाता
  • शनिबार, पुस २१, २०८० १७:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट