राष्ट्रियसभा निर्वाचनः आज मतदाताको अन्तिम नामावली प्रकाशन

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० 0९:२६
राष्ट्रियसभा निर्वाचनः आज मतदाताको अन्तिम नामावली प्रकाशन

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाताहरूको अन्तिम नामावली प्रकाशित हुँदैछ । आज अन्तिम नामावली प्रकाशित भएपछि सोमवार सातै वटा प्रदेशमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन दर्ताका लागि विभिन्न कागजात पेश गर्नुपर्ने तथा १८ वटा नियम मान्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले गत बुधवार एक विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

‘राष्ट्रियसभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्दा निर्वाचन ऐन, २०७५, नियमावली, २०७६ र निर्देशिका, २०७६ बमोजिम देहाय अनुसारका कागजात पेश गर्नुपर्ने गरी आयोगको मिति बुधवारको बैठकबाट कागजातसहित १८ किसिमका पालना गर्नुपर्ने छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जसमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपिदेखि कुनै संघीय कानूनले अयोग्य नभएको भनी गरेको स्वघोषणा पत्रसम्म छन् ।

यसैबीच, सत्ता गठबन्धनका नेताहरूले आजै बैठक बसेर राष्ट्रियसभाकाे भागबन्डा टुंग्याउने कार्यक्रम छ । नेपाली कांग्रेसको पनि उम्मेदवार छनोट गर्नका लागि आज बैठक बस्दैछ ।

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० 0९:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट