बरहथवाको सडकमा तीन दिनदेखि लडिरहेछ जयशंकरको शव

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० 0९:३९
बरहथवाको सडकमा तीन दिनदेखि लडिरहेछ जयशंकरको शव

सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ। बरहथवा नगरपालिका–६ का करिब २७ वर्षीय साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो। उनी प्रहरीको गोलीले जहाँ ढलेका थिए, भण्डै ४० घण्टासम्म पनि उनको शव (सोही ठाउँ) घटनास्थलमै छ। सडकमा लडिरहेको उनको शवलाई सेतो कपडाले छोपेर राखिएको छ।

आन्दोलनमा सहभागी नभएका साहलाई टाउकोमा गोली लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव अहिले (आइतबार) बिहानसम्म पनि घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

मृतकका आफन्त र आन्दोलनरत स्थानीयले विभिन्न माग राख्दै शव उठाउन मानेका छैनन्। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आफन्त र स्थानीयले नमान्दा अझैसम्म मृतक युवकको शव उठाउन नसकिएको बताए।

बरहथवामा आन्दोलनरत पक्षले घटनाको छानविन, दोषीलाई कारबाही, मृतकलाई सहीद घोषणा, पीडित परिवारलाई राहत, नगर अस्पतालाई ५० शैय्यामा स्तरोन्ती, मृतकको नाममा अस्पतालको नामाकरण र बरहथवामा मृतकको शालिक निर्माण गर्नुपर्ने माग गरेको छ।

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० 0९:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट