थ्रेसहोल्ड कटाएका पार्टीको भन्दा धेरै भाग समाजवादीले खोज्यो !

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० ११:२८
थ्रेसहोल्ड कटाएका पार्टीको भन्दा धेरै भाग समाजवादीले खोज्यो !

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवासमा केही बेरअघि बैठक सुरु भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेता सहभागी छन्।

बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका दलबीच सिट बाँडफाँड गर्ने विषयमा छलफल भइरहेको छ।

यसअघि शनिबार बसेको बैठकमा कांग्रेसलाई १०, माओवादी केन्द्रलाई ६, एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट दिनेगरी सहमतिको खाका बनेको छ। तर यसमा एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ। एकीकृत समाजवादीले ३ % थ्रेसहोल्ड कटाउने जनमत, जसपा भन्दा बढी भाग खोजेको भन्दै गठबन्धन भित्रै असन्तुष्टि छ ।

  • मिसन संवाददाता
  • -