नपढेको भन्दै ४ वर्षकी छोरीलाई चरम यातना दिने मण्डल पक्राउ

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० ११:४४
नपढेको भन्दै ४ वर्षकी छोरीलाई चरम यातना दिने मण्डल पक्राउ

मकवानपुरमा नपढेको भन्दै बाबुले सानी छोरीलाई चरम यातना दिएका छन्। घटनापछि प्रहरीले महोत्तरी घर भई हाल मकवानपुरको हेटौँडा-५, सिँचाइ टोल डेरा गरी बस्ने २७ वर्षका रामजी मण्डललाइ पक्राउ गरेको छ।

उनले ४ वर्षकी छोरीलाई हात, गाला र कानमा टोकेर गहिरो घाउ बनाएको, आँखामा खुर्सानीको धुलो हालेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले बताए।

  • मिसन संवाददाता
  • -