माओवादीले मधेश बाहेक सबै प्रदेशबाट राष्ट्रियसभामा एक/एक जना उठाउने

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० १२:0७
माओवादीले मधेश बाहेक सबै प्रदेशबाट राष्ट्रियसभामा एक/एक जना उठाउने

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा टुंगिएको छ । कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकपछि कांग्रेस नेता रमेश लेखकले गठबन्धनमा भागबन्डा टुंगिएको जानकारी दिँदै पार्टीहरूको आन्तरिक बैठक बसेर अब उम्मेदवार टुंगिने बताए ।

उनका अनुसार कांग्रेसले कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ । यस्तै कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ ।

यस्तै माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने सहमति भएको छ ।

यस्तै एकीकृत समाजवादी बागमती र कर्णालीमा १–१ सिट पाएको छ । यस्तै जसपाले एक सिटमा मधेसबाट उम्मेदवार खडा गर्नेछ ।

ठबन्धनको बैठकलगत्तै माओवादी पदाधिकारी बैठक बस्ने भएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाको उम्मेदवार चयन गर्नका लागि बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयको मुख्यसचिव श्रीराम ढकालले बताए ।

उनले भने, ‘गठबन्धनको बैठकपछि अध्यक्षज्यूले पदाधिकारी बैठक बोलाउनुभएको छ । पार्टीबाट राष्ट्रियसभामा पठाउने उम्मेदवारबारे बैठकले टुंगो लगाउँछ ।’

  • मिसन संवाददाता
  • -