गठबन्धनबाट देउवाले १० सिट भाग लिए : अब पार्टी भित्रै भाग लाउनु पर्ने

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० १२:३५
गठबन्धनबाट देउवाले १० सिट भाग लिए : अब पार्टी भित्रै भाग लाउनु पर्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनबारे पार्टीभित्र आन्तरिक छलफल थालेका छन् । सत्ता गठबन्धनमा कांग्रेसले १० सिट पाएपछि देउवाले पार्टीभित्र आन्तरिक छलफलका लागि नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई धुम्बाराही बोलाएका हुन् ।

अहिले नेता कोइराला र महामन्त्री थापाले देउवासँग छलफल गरिरहेको एक नेताले बताए । गठबन्धनमा कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिममा दुई–दुई सिट पाएको छ । कोशी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेसले एक–एक सिट लिएको छ ।

कांग्रेसमा सत्तापन इतर पक्षले ४ सिटमा दाबी गरेको छ । बागमती, लुम्बिनी र गण्डकी र सुदूरपश्चिममा इतर पक्षले एक एक सिटमा दाबी गरेको छ । संस्थापन पक्षले भने इत्तर पक्षलाई बढीमा दुई सिट दिने बुझिएको छ ।

कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवारी टुंगो लगाउन आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कार्यसम्पादन समिति बैठकअघि देउवा, कोइराला र महामन्त्री थापाबिच आन्तरिक छलफल भएको छ ।

  • मिसन संवाददाता
  • -