कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० १३:४९
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रुपेश कोइरालालाई नियुक्त गरेका छन् ।

कोइरालालाई आइतबार नै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ । विराटनगर–९का बासिन्दा कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका अध्यक्ष थिए ।

  • मिसन संवाददाता
  • -