श्रीमान अर्धभूमिगत : चुनाव हारेकी श्रीमती मनोनितबाट राष्ट्रियसभामा ?

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० १४:0१
श्रीमान अर्धभूमिगत : चुनाव हारेकी श्रीमती मनोनितबाट राष्ट्रियसभामा ?

राष्ट्रिय सभामा रिक्त हुने २० सिटमध्ये राष्ट्रपतिबाट मनोनित हुने सिटका लागि पनि सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति जुटेको छ। उक्त सिट राष्ट्रिय जनमोर्चालाई दिने गठबन्धनका दलहरुले सहमति गरेका छन्।

जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई पठाउने विषयबारे यसअघि नै जानकारी गराइसकेको छ। आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका १ तिहाई (२० जना) सदस्य (सांसद)को पदावधि सकिँदैछ।

राष्ट्रपतिबाट मनोनित बाहेक १९ जनाका लागि माघ ११ गते निर्वाचन हुँदैछ। पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुन लागेको हो।

फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित १ जना छन्।

पदावधि सकिनेमा तत्कालीन सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित विमला राई पौड्याल पनि छन्। उनको ठाउँमा गठबन्धनका दलहरुले जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने निर्णय गरेका हुन्।

पौडेल २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्यूठानबाट उम्मेदवार थिइन्। तर उनी नेकपा एमालेका सूर्य थापासँग पराजित भइन्। पौडेल नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहकी पत्नी हुन् । सिंह अर्धभूमिगत नेता हुन् । Photo : Annapurnapost

  • मिसन संवाददाता
  • -