केकमा गाँजा मिसाएर बेच्ने मानन्धर पक्राउ

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० १४:२१
केकमा गाँजा मिसाएर बेच्ने मानन्धर पक्राउ

केकमा गाँजा मिसाएर अनलाइनमार्फत बिक्री वितरण गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं–२९ घट्टेकुलोका २६ वर्षीय विशन मानन्धर छन्। उनलाई शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले घरैबाट पक्राउ गरेको हो।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा बम्ब डट ओआएनजी अन्डरस्कोर नामक अकाउन्ट बनाइ अवैध रुपमा विज्ञापन गर्दै अनलाइनमार्फत् गाँजाको बिक्री वितरण गर्ने गरेको ब्यूरोका एसपी तथा प्रवक्ता चक्रराज जोशीले जानकारी दिए। उनले लागु औषध मुफिन समेत प्रयोग गरेर केक बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

मानन्धरको कोठाबाट १ सय २१ ग्राम धुलो गाँजा समेत बरामद भएको छ। त्यसैगरी तयारी अवस्थाको केको झोला १ सय ७८ ग्राम, ३ किलो ७ सय ५४ ग्राम गाँजा, लागुऔषध जोग्ने डिजिटल तराजु पनि बरामद भएको छ।

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० १४:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट