यी हुन् माओवादीका राष्ट्रियसभा उम्मेदवार : ५० % महिला

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० १४:५१
यी हुन् माओवादीका राष्ट्रियसभा उम्मेदवार : ५० % महिला

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दको नाम टुंगो लागेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

१९ रिक्त स्थानका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि माओवादीको भागमा ६ सिट परेको छ। राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ। राष्ट्रिय निर्वाचन यही माघ ११ गतेका लागि तोकिएको छ।

  • मिसन संवाददाता
  • -