देउवासंग धेरै सिट माग्न कोइराला पक्षको बैठक जारी

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० १६:२५
देउवासंग धेरै सिट माग्न कोइराला पक्षको बैठक जारी

सत्तारूढ दल नेपाली कांग्रेसका संस्थापन र संस्थापनइतर समूहका नेताहरू केन्द्रीय कार्यसम्पादन समिति बैठक सारेर आन्तरिक छलफलमा छन् ।

सभापति देउवा निवासमा इतर समूहका नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक, उपसभापति पूर्णबहादुर खड्कालगायतको बैठक बसेको थियो ।

सभापति शेरबहादुर देउवा पक्षबाट उपसभापति पूर्णबहादुर खड्कालगायतका नेताहरू छन् ।

बैठकमा कांग्रेस संस्थापनइतर समूहले ४ सिट मागेका थिए । तर, सभापति देउवाले ३ सिट मात्र दिन्छु भन्ने अडान लिएका थिए ।

त्यसपछि पनि छलफल भएको थियो तर छलफलमा निष्कर्ष नजुटेपछि देउवा निवासबाट संस्थापन इतर समूहका नेताहरू निस्किएका हुन् ।

दुई समूहको विवाद नमिलेपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक ४ बजेलाई सारिएको छ । यसैबीच शेखर–गगन समूहकाे छुट्टै बैठक विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसिरहेकाे छ ।

  • मिसन संवाददाता
  • -