समाजवादीले दुई सिट मै चित्त बुझायो

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० १६:४0
समाजवादीले दुई सिट मै चित्त बुझायो

आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि सत्ता साझेदार नेकपा एकीकृत समाजवादी २ सिट मात्रै लिन तयार भएको छ।

सोमबार मनोनयन गर्ने समय नजिकिँदै गर्दा समाजावादीले २ सिट मात्रै लिने गरी निर्णय गरेको हो।

यसअघि समाजवादीले राष्ट्रिय सभामा तीन सिट दाबी गरेको थियो। तीन सिट नपाउने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्टि पोख्दै अध्यक्ष माधव नेपाल बालुवाटारबाट निस्किएका थिए।

पार्टी प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले २ सिट मात्रै लिएर राष्ट्रियसभा निर्वाचनमा जाने निर्णय भएको बताए।

यसअघि सत्ता गठबन्धनका दलले १९ वटा पदका लागि भागबन्डा गरिसकेको छ। जसअनुसार १० वटा स्थानमा नेपाली कांग्रेस, ६ वटामा माओवादी केन्द्र, २ वटामा एकीकृत समाजावादी र एउटा सिटमा जसपाले उम्मेदवारी दिनेगरी टुंगो लागेको छ।

  • मिसन संवाददाता
  • -