कृष्ण सिटौलाले गरे उम्मेदवारी दर्ता

  • मिसन संवाददाता
  • सोमवार, पुस २३, २०८० ११:४३
कृष्ण सिटौलाले गरे उम्मेदवारी दर्ता

राष्ट्रिय सभाको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ। देशभरका प्रदेश राजधानीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर मनोनयन थालिएको हो। कोशी प्रदेशमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्कीले बिहान १० बजे नै उम्मेदवारी दर्ता गराएका छन्।

सत्ता गठबन्धनमा एकै पटक उम्मेदवारी दर्ता भएको हो। कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाका अनुसार दुवै नेता उम्मेदवारी दर्ताका लागि आइतबार राति नै बिराटनगरमा थिए।

सत्तारूढ गठबन्धनको भागबन्डा बमोजिम कोशीमा अन्यतर्फ कांग्रेसले सिटौलालाई टिकट दिएको छ। महिलातर्फ माओवादीले ओखलढुंगाकी चम्पादेवी कार्कीलाई उठाएको छ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौला गत प्रतिनिधिसभा निर्वाचनमा झापा ३ मा लगातार २ पटक पराजित भएका थिए। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले हराएका थिए।

  • मिसन संवाददाता
  • -