सम्मानित हुन चाहानेसँग आवेदन मागियो

  • मिसन संवाददाता
  • सोमवार, पुस २३, २०८० १३:0२
सम्मानित हुन चाहानेसँग आवेदन मागियो

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि आवेदन मागेको छ । मन्त्रालयबाट आर्थिक वर्ष २०८०-०८१ मा प्रदान गरिने सो सम्मानका लागि विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, समूह तथा संघसंस्थासँग आवेदन आह्वान गरिएको हो ।

राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ (संशोधनसहित) अनुसारको विवरण र सोलाई पुष्टि गर्ने कागजातसहित एक महिनाभित्र पुरस्कारका लागि आवेदन दिन भनिएको छ ।

यससम्बन्धी थप जानकारी मन्त्रालयको वेबसाइटमा राखिएको जनाइएको छ ।

  • मिसन संवाददाता
  • -