२६ वर्षकी शिक्षिका १४ वर्षका आफ्नै विद्यार्थीसँग भागेपछि….

  • मिसन संवाददाता
  • सोमवार, पुस २३, २०८० १४:0२
२६ वर्षकी शिक्षिका १४ वर्षका आफ्नै विद्यार्थीसँग भागेपछि….

भारतकाे एक बिद्यालयका शिक्षिका १४ वर्षका आफ्नै विद्यार्थीसँग भागेपछि प्रहरीमा उजुरी परेकाे छ ।

कक्षा ८ मा पढ्दै गरेका छोरा आफ्नै शिक्षिकासंग भागेपछि बाबुले प्रहरीमा उजुरी दिएका छन् ।

१४ वर्ष उमेरका उनका छोरा २६ वर्षकी शिक्षिकासंग भागेपछि बाबुले उजुरी दिएका हुन् ।

घटना भारतको गुजरातको हो । गुजरातमा रहेको गान्धीनगरमा २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भागेकी हुन् ।

विद्यालयमा रहँदा उनीहरु निकै निकट थिए । शिक्षकले थुप्रै पटक शिक्षिकालाई चेतावनी पनि दिएका थिए । विद्यार्थीका पिता सरकारी कर्मचारी हुन् र उनले प्रहरी समक्ष शिक्षिकाका विरुद्ध उजुरी दर्ता गरेका छन् । शिक्षिकाले छोरालाई फकाएर आफूसँग लगेको उनको आराेप छ ।

शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि भागेपछी प्रहरीमा उजुरी दिएका हुन् । प्रहरी अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिसकेकी थिइन् र विद्यालयका अधिकारीहरूले उनीहरूलाई चेतावनी समेत दिएका थिए ।

शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्लभै घटना भएको ती अधिकारीको भनाइ छ ।

  • मिसन संवाददाता
  • सोमवार, पुस २३, २०८० १४:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट