गठबन्धनमा सिके राउतको विद्रोह : मधेशमा छुट्टै उम्मेदवार

  • मिसन संवाददाता
  • सोमवार, पुस २३, २०८० १५:५0
गठबन्धनमा सिके राउतको विद्रोह : मधेशमा छुट्टै उम्मेदवार

सत्तारुढ गठबन्धनमा रहेको जनमत पार्टीले मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको छ।

मधेश प्रदेशमा जनमत पार्टीका रामशंकर महासेठले उम्मेदवारी दिएका हुन्। गठबन्धनले जनमतलाई सिट नदिएपछि असहमति जनाउँदै उम्मेदवारी दर्ता गरिएको जनमतले जनाएको छ।

गठबन्धनबाट नेपाली कांग्रेसका आनन्द ढुंगाना र जसपाकी पूजा चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। ढुंगानाले अन्यतर्फ र चौधरीले महिलातर्फ उम्मेदवारी दिएका हुन्।

नेकपा (एमाले) बाट अन्यतर्फ बिजेता झा र महिलातर्फ उशादेवी थरुनीले उम्मेदवारी दिएका छन्।

  • मिसन संवाददाता
  • -