राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध उजुरी आज

  • मिसन संवाददाता
  • मङ्लबार, पुस २४, २०८० 0९:0५
राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध उजुरी आज

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरूविरुद्ध दाबी विरोध तथा उजुरी दिने समय आजका लागि तोकिएको छ। आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबार ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरूविरुद्ध कुनै दाबी विरोध वा उजुरी भए आज दिन सकिने निर्वाचन आयोगले जनाएको छ।

उम्मेदवारहरूविरुद्ध परेका उजुरीबारे यही पुस २५ र २६ गते जाँचबुझ गरी आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

यसपछि नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २७ गते आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि आयोगले पुस २८ गते चुनाव चिह्न दिनेछ। यसपछि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम छ। राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ४७ मतदाता छन्।

आगामी फागनु २० गते राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदै छ। जसमध्ये १९ जना निर्वाचनबाट चयन गर्न लागिएको हो। एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।

रिक्त हुने पदमा एक महिना अगावै चुनाव गरी सदस्य चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

  • मिसन संवाददाता
  • -