गुरुङ्ग र बिमलामाथि संगिन आरोप : पार्टी महासचिवलाई केसीले घरबाट निकाले

  • मिसन संवाददाता
  • शनिबार, माघ ६, २०८० १२:0१
गुरुङ्ग र बिमलामाथि संगिन आरोप : पार्टी महासचिवलाई केसीले घरबाट निकाले

नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसी (सन्देश) ले पार्टी महासचिव देव गुरुङ र कर्णाली प्रदेश अध्यक्षमाथि केहि संगिन आरोपहरु लगाएका छन् । माओवादी केन्द्रले केसीलाई सोधेको स्पष्टीकरणको जवाफमा उनले महासचिव गुरुङलाई पार्टी चाहार्ने ‘भ्रष्ट र फन्टुस’ भन्दै ‘आफैं महासचिव बन्ने’ बताएका छन् ।

माओवादी केन्द्रको गत पुस २८ गते बसेको स्थायी समिति बैठकले गोरखबहादुर केसीलाई ‘लिखित स्पष्टीकरण सोध्ने र आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने’ निर्णय गरेको थियो । यसैमा आधारित भएर गोरखले लिखित स्पष्टीकरण दिएका हुन् । केसीले पार्टी महासचिव सामु शुक्रबारको मिति राखेर ६ पेजको स्पष्टीकरण दिएका छन् ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा चीन सरकारको तर्फबाट वितरण गर्न लगिएको राहत सामाग्री वितरण गर्ने क्रममा विवाद उत्पन्न हुँदा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य केसीले चिनियाँ टोलीका प्रमुख महिला माथि कुटपिट गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो ।

केसीको स्पष्टीकरण

यो स्पष्टीकरणको प्रसंग बुझ्न मंसिर २० गतेको घटनामा पुग्नुपर्छ । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा रहेको केसीको घरमा चिनियाँ कम्युनिष्ट पार्टीले भूकम्पपीडीतलाई बाँड्नका लागि राहत सामाग्री राखेको थियो । उक्त राहत सामाग्री माओवादी केन्द्र मार्फत नै पीडितलाई बाँड्ने चिनियाँ पक्षले जनाएको थियो । उक्त राहत सामग्रीमा गडबड भएको भन्दै अघिल्लो दिन नै गोरखले प्रश्न उठाएका थिए । उनले सामानको गुणस्तर र वितरणबारे प्रश्न उठाएको बताएका छन् ।

उक्त राहत सामाग्री आठबिसकोटमा बाँड्नुपर्नेमा प्रदेश अध्यक्ष विमला केसीले सानीभेरीमा बाँडेको आरोप केसीले लगाएका छन् । यस विषयमा मंसिर २० गते रिम्नामा राहत लिएर आएको चिनियाँ टोली र गोरखबीच विवाद भएको थियो ।

गोरखले आठबिसकोटका भूकम्पपिडितका लागि आएको सामान बिचैमा ‘लुटिएको’ स्पष्टीकरणमा लेखेका छन्, ‘आठबिसकोट जाने सामान ३० देखि ३५ लाख बराबरको हुनुपर्नेमा बिचमा ठूलाबडाहरूले लुटेर बचेको १० लाख बराबरको सामान हुन्थ्यो त्यो पनि विमलाले लुटेर सानीभेरी पठाएपछि जनताले शून्य पाए । ’ उनले देव गुरुङ्गलाई आफु आफ्नो घरबाट निकालेको पनि बताएका छन् ।

हेर्नुहोस् केसीले लेखेेको जवाफ :
स्पस्टिकरण-पत्र_compressed

  • मिसन संवाददाता
  • शनिबार, माघ ६, २०८० १२:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट