वृद्ध बुवाको हत्या गर्ने २१ वर्षीय छोरा पक्राउ

  • मिसन संवाददाता
  • बुधबार, माघ १७, २०८० 0९:२९
वृद्ध बुवाको हत्या गर्ने २१ वर्षीय छोरा पक्राउ

सुनसरीमा वृद्ध बुवाको हत्या गरेको आरोपमा २१ वर्षका युवक पक्राउ परेका छन्।

७० वर्षीय चिकचिलिया रिसिदेवको हत्या गरेको आरोपमा प्रहरीले इनरुवा नगरपालिका- ८ का २१ वर्षीय चिबु रिसिदेवलाई पक्राउ गरेको हो।

उनले घरायसी लेनदेनमा विवाद हुँदा यही माघ ११ गते बुवालाई निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका वृद्धको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा गएको सोमबार मृत्यु भएको थियो।

बुवाको मृत्युपछि उनका छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

  • मिसन संवाददाता
  • -