कांग्रेस उपसभापतिले भने : तत्काल सरकार विस्तार हुने कुरा छैन !

  • मिसन संवाददाता
  • बुधबार, माघ १७, २०८० १२:0९
कांग्रेस उपसभापतिले भने : तत्काल सरकार विस्तार हुने कुरा छैन !

कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मन्त्री परिषद् विस्तार नहुने बताएका छन् । उनले मन्त्री परिषद् विस्तार नहुने तर कामको प्रगतिलाई मन्त्रीहरूले बढाउनु पर्ने बताए ।

आज बिहान बुटवलमा प्रेस युनियनको आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने विषयका प्रधानमन्त्री दलका नेताहरू छलफल गरे पनि अहिले नफेर्ने निचोडमा पुगेकाले बताए ।

कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्ष पुगेको अवसरमा मन्त्री फेर्ने बताएका पछि सत्तारूढ दलका नेताहरूबिच छलफल गर्दा अहिलेलाई यही ठिक भएको खुलाए।

गुरुङले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ले गठबन्धनभित्र तरङ्ग ल्याए पनि यसले खासै असर नपार्ने बताए । उनले गठबन्धन दलभित्र गम्भीर समीक्षा सुरु भएको छ । गठबन्धनमा आशङ्का जन्माए पनि यसको च्याप्टर छिटै क्लोज हुने बताए ।

  • मिसन संवाददाता
  • बुधबार, माघ १७, २०८० १२:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट