बालकुमारी घटना : मन्त्री ज्वालालाई बयानका लागि बोलाईयो

  • मिसन संवाददाता
  • बुधबार, माघ १७, २०८० १२:२५
बालकुमारी घटना : मन्त्री ज्वालालाई बयानका लागि बोलाईयो

पुस १३ गते ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाका सन्दर्भमा बयान दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाइएको छ। बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मन्त्री ज्वालालाई बयानका लागि बोलाएको हो।

आयोगका १ जना सदस्यले मन्त्री ज्वालाई बयानका लागि उपस्थित हुन भनेर पत्र काटिएको जानकारी दिए। घटना भएको दिन घटना क्षेत्रमा किन गएको तथा उक्त क्षेत्रमा के–के भएको थियो भन्नेबारे प्रश्न सोध्न मन्त्री ज्वालालाई बोलाइएको ती सदस्यले जानकारी दिए।

पुस १३ मा बालकुमारीमा प्रहरीको बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने अछामका वीरेन्द्र शाह र दैलेख घर भएका सुजन रावतले ज्यान गुमाएका थिए।

  • मिसन संवाददाता
  • -