सहकारीले २६ करोड ठगेको भन्दै मुद्धा दर्ता

  • मिसन संवाददाता
  • बुधबार, माघ १७, २०८० १२:३0
सहकारीले २६ करोड ठगेको भन्दै मुद्धा दर्ता

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा रहेका कान्ति भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको करिब २६ करोड रुपैयाँ घोटाला गरेको पाइएको छ।

कान्ति भैरव सहकारीले १११ बचतकर्ताको २५ करोड ९४ लाख ९६ हजार ८९४ रुपैयाँ ठगी गरेको भन्दै अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। बचतकर्ताले दिएको जाहेरीका आधारमा प्रहरीले कान्ति भैरव सहकारीका ९ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ।

पक्राउ पर्नेहरुमा सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवंम् सल्लाहकार प्रेम श्रेष्ठ, कोषाध्यक्ष तथा संयोजक सेरलाल श्रेष्ठ, सहप्रबन्धक राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रामेश्वर श्रेष्ठ, सचिव तथा प्रबन्धक रामदत्त श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, लेखा समितिका संयोजक चन्द्रप्रसाद पौडेलविरुद्ध ठगीको मुद्दा दायर गरिएको छ।

  • मिसन संवाददाता
  • -