मुस्ताङको शिन्तामणि विश्वका उत्कृष्ट होटलको सूचीमा

  • मिसन संवाददाता
  • बुधबार, माघ १७, २०८० १४:३६
मुस्ताङको शिन्तामणि विश्वका उत्कृष्ट होटलको सूचीमा

नेपालको शिन्ता मणि मुस्ताङ, अ बेन्स्ली कलेक्सन नेसनल ज्योग्राफिकको उत्कृष्ट होटल सूचीमा परेको छ। नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘बेस्ट अफ दि वर्ल्ड’ अन्तर्गत ‘२०२४ का उत्कृष्ट नयाँ होटल’ मा शिन्ता मणि अटाएको हो।

सो सूचीमा विश्वभरका २२ वटा होटल परेका छन्। एसियाबाट शिन्ता मणि परेको हो। बाग्लुङ गलकोटको ढुंगा र काँचले परारम्परागत नेपाली घरजस्तै भवन तयार गरिएको र पाहुनाघर बाघको छालाजस्तो देखिने गलैँचा तथा प्रचीन वस्तुहरुले सजिएको पनि उल्लेख गरिएको छ।

६० सिटको नीलगिरि रेस्टुरेन्टमा हिमालयन याक मःम र तिब्बती थुक्पाजस्ता परिकार पाइने ज्योग्राफिकको भनाइ छ। शिन्ता मणि यती समूहअन्तर्गत शेर्पा हस्पिटालिटीको स्वामित्वमा जोमसोममा सञ्चालित होटल हो। यसको व्यवस्थापन भने लक्जरी होटल सञ्चालनमा ख्याति कमाएको शिन्ता मणिले गरिरहेको छ।

  • मिसन संवाददाता
  • -