कोशीको नतिजाले को को कड्किए ?

  • मिसन संवाददाता
  • बिहिबार, माघ १८, २०८० 0९:0६
कोशीको नतिजाले को को कड्किए ?

सत्ता गठबन्धनकाे बैठकमा नेताहरूले राष्ट्रीयसभा निर्वाचनकाे समीक्षा गरेका छन् । त्यसक्रममा काेशी प्रदेशमा कांग्रेस जनप्रतिनिधिहरूले माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई हराएकाे विषय जाेडताेडका साथ उठ्याे ।

बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काेशीमा कांग्रेसबाट धाेका भएकाे आराेप लगाएका थिए । उनले माओवादी केन्द्रकी उम्मेदवार कार्कीलाई हराएर गठबन्धन भाँड्ने काम भएकाे आराेप लगाएपछि कांग्रेस नेताहरूले प्रतिवाद गरेका थिए ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सचेतक रमेश लेखकले किटान गरेरै कांग्रसबाट धाेका भएकाे भन्न नमिल्ने बताएका थिए । उनीहरूले कमजाेरी कहाँ भयाे भनेर निर्क्याैल गरिनुपर्ने बताए ।

काेशीकाे विषयमा नेताहरूबीच प्रतिवाद चले पनि अन्तिममा गठबन्धन एकढिक्का राखेर अगाडि बढ्नुपर्ने निष्कर्ष बैठकले निकालेकाे नेताहरूले बताएका छन् ।

  • मिसन संवाददाता
  • -