बाँसबारी जग्गा काण्ड : चौधरीका भाईपछि को पक्राउ परे ?

  • मिसन संवाददाता
  • बिहिबार, माघ १८, २०८० १४:४४
बाँसबारी जग्गा काण्ड : चौधरीका भाईपछि को पक्राउ परे ?

विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउपछि सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाका तत्‍कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ। थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको सीआईबी स्रोतले जानकारी दियो।

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसअघि अरुण चौधरीलाई पक्राउ गरेर आफ्नो कार्यालयमा पुर्‍याएको थियो।

सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ। सोही कसुरमा उनीहरुलाई पक्राउ गरिएको सीआईबी स्रोतले पुष्टि गर्‍यो।

  • मिसन संवाददाता
  • -