प्रहरी पुगेपछि नुहाउन दौडिए चौधरीका भाई

  • मिसन संवाददाता
  • बिहिबार, माघ १८, २०८० १५:0४
प्रहरी पुगेपछि नुहाउन दौडिए चौधरीका भाई

बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा बाँसबारी छाला जुत्ता कारखानाका तत्‍कालीन अध्यक्ष अजितनारायण सिंह थापा पनि पक्राउ परेका छन्। बाँसबारीस्थित १० रोपनी सरकारी जग्गा प्रकरणमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले पक्राउ गरेको हो।

यसभन्दा अगाडि अर्बपति तथा नेपाली कांग्रेसका सांसद विनाेद चाैधरीका भाइ अरुण चाैधरी पक्राउ परिसकेका छन्। एसएसपी दिनेश आचार्यको कमाण्डमा सिआइबीले छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान गरिरहेकाे छ।

पक्राउ गर्न सीआईबी टोली लाजिम्पाटस्थित निवासमा पुग्दा व्यवसायी अरुण चौधरी आराम गरेर बसिरहेका थिए । करिब मध्याह्न १२ बजे पुगेको प्रहरी टोलीले पक्राउ गर्न आएको बताएपछि उनी सँगै जान आनाकानी गर्न थाले । आफू कतै नजाने भन्दै यताउती फोन घुमाउन खोजे ।

चौधरीले आफूलाई नुहाउन दिन आग्रह गरे । सीआईबीको टोली नुहाउन मञ्जुरी दियो । नुहाएर आएपछि पूजापाठ गर्न थाले ।

  • मिसन संवाददाता
  • -