रोनाल्डो नखेल्दा पनि मेस्सीको टोलीले आधा दर्जन गोल खायो

  • मिसन संवाददाता
  • शुक्रबार, माघ १९, २०८० 0८:३४
रोनाल्डो नखेल्दा पनि मेस्सीको टोलीले आधा दर्जन गोल खायो

साउदी अरेबिया भ्रमणमा रहेको लियोनल मेस्सीको इन्टर मियामीले क्रिष्टियानो रोनाल्डोको टिम अल नासरसँग लज्जास्पद हार व्यहोरेको छ । बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा नासरसँग मियामी ६–० को फराकिलो अन्तरले पराजित भएको थियो ।

अल नासरको जितमा टालीस्काले ह्याट्रिक गरेका थिए भने ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले एक एक गोल गरेका थिए । ओटाभियोले तेस्रो मिनेटमै गोल गर्दै अल नासरलाई अग्रता दिलाए ।

इन्टर मियामीको साउदी टूरमा यो लगातार दोस्रो हार हो । यसअघि इन्टर मियामी अल हिलालसँग पनि पराजित भएको थियो । यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो इन्जुरिका कारण खेलेका थिएनन् भने लियोनेल मेसी ८४औ मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।

  • मिसन संवाददाता
  • -