यू–१९ विश्वकप क्रिकेट : आज नेपाल र भारत भिड्दै

  • मिसन संवाददाता
  • शुक्रबार, माघ १९, २०८० 0९:0५
यू–१९ विश्वकप क्रिकेट : आज नेपाल र भारत भिड्दै

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । यू–१९ विश्वकपमा नेपालको यो आठौँ सहभागिता हो । नेपालले सन् २००० मा श्रीलंकामा सम्पन्न तेस्रो संस्करणदेखि यू–१९ विश्वकपमा सहभागिता जनाउन थालेको हो । यू–१९ विश्वकपको त्यही संस्करणमा नेपाल र भारतबिच पहिलो भिडन्त भएको थियो ।

यू–१९ विश्वकपमा नेपालको सबैभन्दा ठुलो उपलब्धि भने प्लेट च्याम्पियनसिपको उपाधि हो । सन् २००६ मा श्रीलंकामा आयोजना भएको यू–१९ विश्वकपमा नेपालले प्लेट च्याम्पियनसिपको उपाधि चुमेको थियो । नेपालले फाइनलमा बलियो न्युजिल्यान्डलाई एक विकेटले हराएको थियो । यू–१९ विश्वकपमा नेपालले हासिल गरेको यो हालसम्मकै सबैभन्दा ठुलो उपलब्धि हो ।

हाल दक्षिण अफ्रिकामा सम्पन्न यू–१९ विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवाष भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द रहेका छन् ।

  • मिसन संवाददाता
  • -