सुनवलमा बस र टिप्पर ठोक्किँदा १७ जना घाइते

  • मिसन संवाददाता
  • शुक्रबार, माघ १९, २०८० १२:0५
सुनवलमा बस र टिप्पर ठोक्किँदा १७ जना घाइते

सुनवल- पश्चिम नवलपरासीको सुनवलमा गएराति बस र टिप्पर एकआपसमा ठोक्किदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहिको अवस्था गम्भिर रहेको छ ।

काठमाडौबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल आउदै गरेको लु २ ख १६९६ नम्बरको टिप्पर गएराती १० बजेतिर सुनवल– ४ अल्कत्रे डाँडा नजिकै ठोक्किएको हो ।

दुर्घटनाका घाइतेमध्ये १३ जनाको देवदह मेडिकल कलेज भलुही र चार जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिनुभयो ।

सवारी साधन र टिप्पर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस चालक भने घाइते भएका छन् ।

  • मिसन संवाददाता
  • -