विमानस्थल घटना : असई निलम्बन हुँदा अन्याय भएको भन्दै डीआईजीको राजिनामा

  • मिसन संवाददाता
  • शनिबार, माघ २०, २०८० १८:२३
विमानस्थल घटना : असई निलम्बन हुँदा अन्याय भएको भन्दै डीआईजीको राजिनामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन् । शुक्रवार डीआईजी चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् । डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेको विमानस्थलका अधिकृतहरु बताउँछन् ।

समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको छ । तर, चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको बताउँदै आएको विमानस्थलमा कार्यरत एकजना अधिकृतले बताए ।

डीआईजी चन्दले उक्त प्रकरणमा कारबाहीमा परेका प्रहरी कर्मचारीलाई जोगाउन निकै पहल गरेका थिए ।

  • मिसन संवाददाता
  • शनिबार, माघ २०, २०८० १८:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट