राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते

  • मिसन संवाददाता
  • आइतवार, माघ २१, २०८० 0९:0३
राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते हुने भएको छ। राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिले अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्नेगरी सम्भावित कार्यसूची तय गरेको हो।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ।

अध्यक्ष तिमल्सिनाको पदावधि सकिएलगत्तै निर्वाचन गर्ने तयारी गरिएको सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए।

  • मिसन संवाददाता
  • -