रास्वपाको दबाबयात्रा आजदेखि, मेलम्चीमा रवि लामिछानेले उद्घाटन गर्दै

  • मिसन संवाददाता
  • आइतवार, माघ २१, २०८० 0९:२३
रास्वपाको दबाबयात्रा आजदेखि, मेलम्चीमा रवि लामिछानेले उद्घाटन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि दबाबयात्रा गर्दैछ । रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रव्यापी दबाबयात्रा गर्न लागिएको रास्वपाले जनाएको छ ।

२१ माघदेखि २१ चैतसम्म पहिलो चरणको दबाबयात्रा गर्न लागिएको रास्वपाले जनाएको छ । त्यसअन्तर्गत आज सिन्धुपाल्चोकको मेलम्चीबाट सभापति रवि लामिछानेले दबाबयात्रा सुरु गर्नेछन् ।

प्रत्येक प्रदेशबाट ३/३ वटा आयोजना छनोट गरी २१ योजनामा दबाब दिइने रास्वपाले जनाएको छ । दबाब यात्रामा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगरिने रास्वपाले जनाएको छ ।

  • मिसन संवाददाता
  • -