डामिएका ‘बाहुबली’ हरु देउवा पछार्न लागि परे के होला ?

  • मिसन संवाददाता
  • आइतवार, माघ २१, २०८० 0९:५८
डामिएका ‘बाहुबली’ हरु देउवा पछार्न लागि परे के होला ?

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा अरुण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएपछि त्यसको प्रत्यक्ष प्रभाव सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसमा परेको छ ।

कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीका भाइ अरुण पक्राउ प्रकरणले कांग्रेसको संसदीय दल तात्तिएको छ । शुक्रबार कांग्रेसको संसदीय दलको बैठकमा विनोद चौधरीले भाइ अरुणको पक्राउ प्रकरणलाई प्रवेश गराइसकेका छन् ।

देउवालाई अरुण पक्राउ प्रकरणले संसदीय अंकगणितको पनि चिन्ता देखिएको छ । शेखर कोइराला समूह पहिलादेखि नै दलको नेता फेर्न खोजिरहेका छन् । त्यसमा पछिल्ला दिनमा बालकृष्ण खाँण पनि थपिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि खाँण सरकारसँग मात्र होइन, आफ्नै सभापति देउवासँग पनि रुष्ट रहेका छन् । उनी बत्तीसपुतलीमा भएको शेखर समूहको एउटा बैठकमा सहभागी भएको बताईन्छ ।

कोइराला समूहसँग करिब ३२ जना सांसद रहेका छन् । त्यसमा खाँण समूहका रहेका भनिएका ५ जना सांसद थपिन सक्छन् । त्यस्तो अवस्थामा ३७ जना सांसद पुग्नेछन् । कांग्रेसको ससदीय दलको नेता परिवर्तन गर्न बहुमत संख्या पुर्‍याउन कम्तिमा ४१ जना सांसद आवश्यक पर्छ ।

कोइराला र खाँण मिलेर ३७ जना सांसद पुगे भने विनोद चौधरीले आफ्नो बाहुबल प्रयोग गरेर ५ जना सांसद गरिदिए भने संसदीय दलको नेता नै परिवर्तन हुनसक्छ । शेखर समूहकै सुनिल शर्मा पनि संसदीय दलको नेता फेर्न लागि परेका छन् ।

  • मिसन संवाददाता
  • -