जिल्ला अधिवेशनमा एमालेहरुको हानाहान : खनालको हात ठनक्कै भाँचियो !

  • मिसन संवाददाता
  • आइतवार, माघ २१, २०८० १0:२७
जिल्ला अधिवेशनमा एमालेहरुको हानाहान : खनालको हात ठनक्कै भाँचियो !

नेकपा (एमाले) जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा धक्कामुक्का भएको छ । धक्कामुक्काबाट पार्टीका कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ ।

जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको थियो ।

त्यसपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का भएको जनाइएको छ ।

बन्दसत्रमा प्रवेश गर्नुअगाडि प्रतिनिधि निक्र्यौल गर्ने विषयमा समेत अन्योलता कायम रहेको देखिएको एमाले नेताहरूले बताएका छन् । त्यति हुदाँहुँदै पनि पटकपटक वार्ता, छलफलबाट समस्या समाधान गरी बन्दसत्र सुचारु गर्ने प्रयास गरिएपछि सफल हुन सकेन । परिस्थिति अशान्त र असहज बनेपछि एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले विज्ञप्ति निकालेर जिल्ला अधिवेशन स्थगित भएको बताएको छ ।

  • मिसन संवाददाता
  • -