कैलाश ढुंगेल अनाधिकृत उच्छृङ्खल व्यक्ति : धादिङ अध्यक्ष

  • मिसन संवाददाता
  • आइतवार, माघ २१, २०८० १0:५0
कैलाश ढुंगेल अनाधिकृत उच्छृङ्खल व्यक्ति : धादिङ अध्यक्ष

नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जिल्ला अधिवेशन स्थगित नभएको बताएका छन् ।

बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको विज्ञप्ति जारी गरेलगत्तै जिल्ला अध्यक्ष त्रिपाठीले पनि विज्ञप्ति निकालेर अधिवेशन स्थगित नभएको बताएका हुन् ।

‘केही अनाधिकृत उच्छृङ्खल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनी सामाजिक सन्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा एमाले धादिङको ध्यानाकर्षण भएको छ,’ अध्यक्ष त्रिपाठीले विज्ञप्तिमा लेखेका छन्, ‘बन्द सत्रको कार्यक्रम निरन्तर सन्चालन भइरहेको व्यहोरा अवगत गराउँदै सम्बन्धित सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु ।’

  • मिसन संवाददाता
  • -