गर्लफ्रेण्डकी छोरी बलात्कार गर्ने प्रहरीका सई पक्राउ

  • मिसन संवाददाता
  • आइतवार, माघ २१, २०८० १२:३२
गर्लफ्रेण्डकी छोरी बलात्कार गर्ने प्रहरीका सई पक्राउ

बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले यादव थरका एक पूर्वसईलाई पक्राउ परी कारबाही प्रक्रिया अघि बढाएको हो ।

पक्राउ परेका सई र पीडित भनिएकी किशोरीको आमा भने लिभिङ टुगेदरमा रहेको खुलेको छ। उनले आफ्नै प्रेमिकाको छोरीलाई बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका ती पूर्वसईविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कारको मुद्दा दर्तासमेत भइसकेको प्रहरी स्रोतले बतायो ।

ती पूर्वसईले कलंकीमा एउटै घरमा डेरा गरी बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। ती सईले पुस १७, १८ र १९ गते तीन दिन बलात्कार गरेको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो।

  • मिसन संवाददाता
  • -