धादिङ्गमा गोदागोद गर्ने कमरेडहरुलाई बालकोट निम्त्याईयो

  • मिसन संवाददाता
  • आइतवार, माघ २१, २०८० १५:४९
धादिङ्गमा गोदागोद गर्ने कमरेडहरुलाई बालकोट निम्त्याईयो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको धादिङ जिल्ला अधिवेशनको पार्टी पार्टी केन्द्रसम्म आईपुगेको छ । शनिबार राती कार्ययोजना प्रस्तुत गर्नेसम्बन्धमा विवाद हुँदा नेताहरुबीच कुटाकुट भएको थियो । एमालेको जिल्ला अधिवेशनको विवाद पार्टी हेडक्वाटरमा आईपुगेपछि अध्यक्ष केपी शर्मा ओलीले प्रदेश अध्यक्ष ढुंगेलसहित ८ जना नेतालाई छलफलका लागि बोलाएका छन् । एमालेका एक नेताका अनुसार ओलीले प्रदेश अध्यक्ष ढुंगेलसहित गुरु बराल, नवराज सिलवाल, खेम लोहनी, भर्मदत्त देवकोटा, भूमि त्रिपाठी, रेशम लामा र मीनराज कँडेललाई छलफलका लागि बालकोट बोलाएका हुन् ।

विवाद बढ्दै जाँदा अधिवेशन सोमबारसम्मलाई स्थगित भएको छ । धादिङमा एमाले नेता खेम लोहनी र जिल्ला अध्यक्ष भूमि त्रिपाठी पक्षबीचको गुटगत विवाद कुटाकुटसम्म पुगेको थियो।

विवादलाई लिएर एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले एउटा पक्षलाई जिताउने गरी लागेपछि अवस्था जटिल भएको धादिङस्थित एमालेका कार्यकर्ताहरूको भनाइ छ।

धादिङमा बलियो अवस्थामा रहेको त्रिपाठी समूहलाई पन्छाउँदै प्रदेश अध्यक्ष ढुंगेलले लोहनी समूहका डा रामकुमार अधिकारीलाई अध्यक्ष बनाउन लागेपछि विवाद बढेको नेताहरुको दाबी छ । धादिङको जिल्ला अधिवेशनबाट हालका अध्यक्ष त्रिपाठी दोस्रो कार्यकालका लागि दोहोरिने तयारीमा छन्। तर, सर्वसम्मत अध्यक्ष बन्ने त्रिपाठीको आकांक्षामा ब्रेक लाग्ने अवस्था आएपछि परिस्थिति थप बिग्रिएको हो ।

  • मिसन संवाददाता
  • -