आरती साहका आमा र दाई सिंहदर्बार छिर्न सकेनन

  • मिसन संवाददाता
  • सोमवार, माघ २२, २०८० १५:४४
आरती साहका आमा र दाई सिंहदर्बार छिर्न सकेनन

आरती साहको न्यायका लागि भन्दै सिंहदरबार जान खोजेका उनका दाइ र आमालाई प्रहरीले रोकेको छ । उनीहरूसँग सिंहदरबार जाने पास भए पनि प्रहरीले जान दिएन ।

उनीहरू जसरी पनि सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले बलसमेत प्रयोग गरेको थियो ।

प्रहरीले आरतीका आमा र दाइलाई नियन्त्रणमा लिएको छ । आरतीको रहस्यमय तवरले मृत्यु भएपछि माइतीपक्ष उनका श्रीमानलगायत दोषीमाथि कारबाहीको माग राख्दै आन्दोलित छ । आरतीका श्रीमान मोतीबाबु साहलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले डेढ महिनाअघि पक्रेको हो ।

धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम उपमहानगरपालिका–९ बस्दै आएकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । दाइजोको निहुँमा आफ्नी छोरीको हत्या गरिएको भन्दै माइतीपक्ष लामो समयदेखि माइतीघर र रत्नपार्कमा आन्दोलनरत छ ।

  • मिसन संवाददाता
  • -