सूर्यविनायक धुलिखेल सडक विस्तार: घरटहरा हटाउन थालियो

  • मिसन संवाददाता
  • मङ्लबार, माघ २३, २०८० १२:00
सूर्यविनायक धुलिखेल सडक विस्तार: घरटहरा हटाउन थालियो

भक्तपुर- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि साँगा हुँदै धुलिखेलसम्मको छ लेन सडक विस्तार थालिएको छ । साथै सडक किनार र विस्तार गर्नुपर्ने स्थानमा निर्माण भएका घरटहरा पनि भत्काउन थालिएको छ ।

अरनिको राजमार्ग विस्तारमा मापदण्ड विपरीत र सडक मापदण्ड मिचेर सूर्यविनायक नगर क्षेत्रभित्र निर्माण भएका घरटहरालगायत भौतिक संरचना नेपाल प्रहरी र सूर्यविनायक नगर प्रहरीको सुरक्षामा डोजर लगाएर भत्काउन सुरु गरिएको सूर्यविनायक नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।

सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाले विगत एक वर्षदेखि जगातीबारदेखि साँगासम्म र साँगाबाट धुलिखेलसम्म दुई चरणमा एकैसाथ सडक विस्तार भइरहेको छ । कार्य क्षेत्रमा खटिएका आयोजनाको इञ्जिनीयर विवेक पाण्डेले राजमार्गको केन्द्रबाट ७५ फिटको क्षेत्राधिकारभित्र रहेका अस्थायी संरचना भत्काउन सुरु गरिएको बताउनुभयो ।

सडक मापदण्डभित्र रहेका संरचना नभत्काइँदा सडक विस्तारमा अवरोध आएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वमा आयोजना प्रमुख, भक्तपुरका प्रहरी प्रमुख र सूर्यविनायक नगरपालिकालगायत सरोकारवाला निकायबीच भएको छलफलपछि प्रजिअ श्रेष्ठको निर्देशन र समन्वयमा त्यस्ता संरचना हटाएर सडक विस्तारमा सहजीकरण गर्न नगरबासीलाई पत्राचार गर्नुभएको थियो ।

  • मिसन संवाददाता
  • मङ्लबार, माघ २३, २०८० १२:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट