एमाले दोलखाको सचिवमा सोयम बहादुर खड्काको बलियो दाबेदारी

  • मिसन संवाददाता
  • बुधबार, माघ २४, २०८० 0७:५६
एमाले दोलखाको सचिवमा सोयम बहादुर खड्काको बलियो दाबेदारी

नेकपा एमाले दोलखाको सचिवमा सोयम बहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् । सदरमुकाम चरिकोटमा भैइरहेको एमालेको १०औं अधिवेशनमा खड्काले सचिव पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

खड्काले राजनितिक प्रारम्भ २०३६ सालमा अनेरास्ववियु प्राक कमिटीबाट शुरूवात गरेका थिए। पाँच दशकदेखिको राजनीतिक जिवनमा अब क्लाईमेक्समा पुगेको छ । २०४४ देखि नेपाल राष्ट्रिय शिक्षक संगठनमा काम गर्दै तत्कालीन पार्टी इलाका एकको सहसचिव र नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाको सदस्यमा दुई कार्यकाल काम गरेको अनुभव खड्कासंग छ ।

खड्का २०६७ मा नेकपा एमाले साबिक सुरी गाबिसको पार्टी अध्यक्ष हुँदै सातौ र आठौ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य, २०७४ सालको स्थानीय तहको निर्वाचनबाट गौरीशंकर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। त्यस पश्चात नवौं जिल्ला अधिबेशनबाट पुनः जिल्ला कमिटी सदस्य हुदै पालिका इन्चार्जको जिम्मेवारी समालेका थिए ।

पार्वत गुरुङ्गको प्यानलबाट उम्मेदवारी दिएका खड्का जिल्लामा साझा व्यक्तित्वको भएका व्यक्ति हुन् । लो प्रोफ़ाईलमा बस्न रुचाउने खड्काको उम्मेदवारी उनका प्रतिद्वन्दी कृष्ण बस्नेतलाई कडा टक्कर दिने निश्चित छ ।

  • मिसन संवाददाता
  • -