राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्न लागेको हो ।
पहिलो बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनमा तीन तहबिच देखिएका अस्पष्टता अन्त्य गर्ने लगायतका ६ वटा निर्णय गरेको थियो ।
बैठकमा भाग लिन मुख्यमन्त्रीसहित परिषद्का सदस्यहरू काठमाडौँ आइसकेका छन् । विगतका निर्णय कार्यान्वयन नहुदा समस्या भएको भन्दै कार्यान्वयनमा जोड दिनका लागि दबाब बढाउने मुख्यमन्त्रीहरुको तयारी छ ।