कमला बस्नेतलाई अवसरको खातैखात, मेनुका सुवेदीलाई खै त साथ् ?

  • मिसन संवाददाता
  • बुधबार, माघ २४, २०८० 0९:३0
कमला बस्नेतलाई अवसरको खातैखात, मेनुका सुवेदीलाई खै त साथ् ?

नेकपा एमाले दोलखाको नयाँ नेतृत्वका लागि प्यानल बनाएर उम्मेदवारी दर्ता भएको छ । जिल्ला क्रियाशिल दुई गुटले छुट्टाछुट्टै समुह बनाएर उम्मेदवारी दर्ता गरेका हुन् । वर्तमान अध्यक्ष नरवहादुर श्रेष्ठ र पूर्व अध्यक्ष इस्वरचन्द्र पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले प्यानलसहित मनोनयन दर्ता गराएका हुन् । श्रेष्ठको समुहवाट उपाध्यक्षमा राजेन्द्र मानन्धर र सचिवमा स्वयंवहादुर खड्काको उम्मेदवारी परेको छ । यस्तै, उपसचिवमा इस्वर न्यौपाने र कमला बस्नेतको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका इस्वरचन्द्र पोखरेलको समुहवाट उपाध्यक्षमा हिरा थोकर र सचिवमा कृष्णवहादुर बस्नेतको उम्मेदवारी परेको छ । सो समुहवाट उपसचिवमा मेनुका सुवेदी र हरि ओलीले उम्मेदवारी दिएका छन् ।

अध्यक्ष पदमा नेता भरत दुलालले पनि उम्मेदवारी दिएका छन् । उनले समुह नबनाई उम्मेदवारी दर्ता गरेका हुन् । दुलालले आफ्नो कुनै गुट नभएको र साझा उम्मेदवारकोरुपमा मनोनयन दर्ता गराएको प्रतिक्रिया दिएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिने दुलाल एमाले दोलखाका पूर्वसचिव हुन् ।

नेकपा एमालेको विधान २०४९ (प्रथम विधान महाधिवेशन २०७८ र दशौँ राष्ट्रिय महाधिवेशन २०७८ बाट भएको संसोधन) ले जिल्ला कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र २ उपसचिव रहनेगरि ५ जनाको पदाधिकारी रहने प्रावधान गरेको छ । गत संघिय निर्वाचनमा प्रत्यक्ष तर्फ ३६५०५ मत र समानुपातिक तर्फ ३०९८६ मत ल्याएको एमालेमा जिल्ला पदाधिकारी बन्न तिब्र दौडधुप छ ।

गुटको लिस्टमा पर्न सफल कमला बस्नेत पटक पटक अवसर पाएकी नेत्री हुन् । उनी दुई पटक भिमेश्वर नगरपालिकाको उपमेयर भैसकेकी छन् । बस्नेत एक पटक जिल्ला उप-सचिव भैसकेकी छन् । उनका श्रीमान अघिल्लो पटक मेलुङ्गमा वडा अध्यक्ष थिए ।

मेनुका सुवेदी लामो समय मानवाधिकार र महिला आन्दोलनको क्षेत्रमा काम गरेकी नेत्री हुन् । २०७४ सालमा स्थानीय तहको पहिलो र ७९ मा दोस्रो निर्वाचन हुदा उनलाई पार्टी भित्र भीमेश्वर नगरपालिकामा उपमेयरको उम्मेदवारका रुपमा समेत चर्चाको पात्र बनाईयो । तर गुटगत प्रभाव र आन्तरिक संघर्षको चेपुवामा परेर दुवैपटक टिकट पाईनन् । पार्टीले कमला बस्नेतलाई उपमेयरमा दुईपटक दोहोर्यायो ।

सुवेदी पक्षधरहरुले नारा नै बनाएका छन्, ‘कमला बस्नेतलाई अवसरको खातैखात, मेनुका सुवेदीलाई खै त साथ् ?’

  • मिसन संवाददाता
  • -