एमाले दोलखा जिल्ला अधिवेशन : यी २० सदस्य निर्विरोध !

  • मिसन संवाददाता
  • बुधबार, माघ २४, २०८० १३:२९
एमाले दोलखा जिल्ला अधिवेशन : यी २० सदस्य निर्विरोध !

नेकपा एमाले दोलखाको १० औं जिल्ला अधिवेशनमा २० जना जिल्ला कमिटी सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

भुगोलतर्फको महिला, ४० वर्षभन्दा कम उमेरका युवा, भुगोलतर्फको खुल्ला लगायतका कोटामा २० जना उम्मेदवार निर्विरोध भएका हुन् । भुगोलको महिलातर्फ गौरीशंकरमा मुना शिवाकोटी, बिन्दु गुरुङ र छिरिङ डोमा शेर्पा जिरी नगरपालिकाबाट सुन्तली सुनुवार, अप्सरा जिरेल र मनमाया जिरेल निर्विरोध भएका छन् । भीमेश्वर नगरपालिवाट किरण वली, पूर्णिमा खरेल र सोममाया श्रेष्ठ तामाकोशीमा गोमा श्रेष्ठ बुढाथोकी र मीना शिवाकोटी पनि निर्विरोध भएका छन् ।

युवा सदस्यतर्फ गौरीशंकरवाट फुर्लाक्पा शेर्पा, जिरी नगरपालिकाबाट लुकछिरी शेर्पा र मेलुङवाट अमृत खड्का निर्विरोध निर्वाचित भएका छन् । जिल्लाका ९ वटै स्थानीय तहवाट ४० बर्षभन्दा कम उमेरका युवाका लागि एक÷एक कोटा निर्धारण गरिएको थियो ।

भुगोलको खुल्लातर्फ गौरीशंकर गाउँपालिकावाट ४ सदस्य निर्विरोध भएका छन् । गौरीशंकरवाट झलककुमार कार्की, उदयवहादुर खड्का, डिल्लिध्वज बस्नेत र निमा लामा निर्विरोध भएका हुन् । मजदुरतर्फ दानवहादुर विमली पनि निर्विरोध भएका छन् । निर्वाचन क्षेत्र युवा महिलातर्फ २ सदस्य रहेकोमा एक जनाको मात्रै उम्मेदवारी परेको छ । वैतेश्वर ७ की पम्फि भुजेल निर्विरोध भएकी छिन् ।

  • मिसन संवाददाता
  • -